दार्चुला । महाकाली नदीमा हाम फालेर दार्चुलाको महाकाली नगरपालिका–४ स्थित घाटबजारको एक होटलमा काम गर्ने अपिहिमाल गाउँपालिका–४ खात्तिकी २८ वर्षीया दमन्ती धामी (दशरती) ले ज्यान गुमाएकी छीन । आइतबार बिहान सवा १० बजेको समयमा रिङनतालको सिढीबाट महिलाले महाकाली नदीमा हाम फालेको स्थानीयले देखेका थिए ।
रिङनतालमा आवतजावत गर्ने मानिसहरूले धामीले महाकालीमा हाम फालेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यस लगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले करिव २ किलोमिटर तल महाकाली नगरपालिका–५ नमस्कार मन्दिर क्षेत्रको किनारबाट मृत अवस्थामा शव निकालेका हुन् । प्रहरी निरीक्षक माधव विश्वकर्माले भन्नुभयो, हामीले घटनाबारे थापा पाउनेवित्तिक्कै उद्धारका लागि गएका थियौँ, अचेत अवस्थामा उद्धार गरेर जिल्ला अस्पताल दार्चुला पुर्याएपछि डाक्टरले मृत घोषणा गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
मृतक धामी विवाहित हुन् । खात्तीका धाम्पा धामीसँग बिहे गरेकी होटलमा काम गर्ने दमन्तीले रिङनतालको सिढीबाट महाकाली नदीमा किन हाम फालिन भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दार्चुलामा पछिल्लो समय आत्महत्या, हत्या र विभिन्न किसिमका आपराधिक घटना बढ्दै गएका छन् । आपराधिक घटनामा कमी ल्याउन परिवार, आफन्त, सामाज र सरोकारवाला सबैले ध्यान दिनु आवश्यक छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया