सन्तोष जोशीद्धारा डिलाशैनीको अध्यक्षमा उम्मेदवारी घोषणा

दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिकाको अध्यक्षमा सन्तोषप्रकाश जोशीले स्वतन्त्रबाट उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालले अध्यक्ष पदका लागि उहाँको नाम सिफारिश नगरेपछि स्वतन्त्रबाट उम्मेद्वारी दिने तयारी गर्नुभएको हो ।

आज (चैत २७ गते) धामीगाउँमा आमसभाको आयोजना गरेर गाउँपालिका अध्यक्ष पदमा जोशीले उम्मेद्वारी घोषणा गर्नुभएको हो । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघका केन्द्रिय सचिव तथा सुदूरपश्चिम अध्यक्ष समेत रहनुभएका नेता जोशीले पार्टी भन्दा माथि उठेर डिलाशैनीका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समृद्ध डिलाशैनीका लागि शुभचिन्तकहरुको सल्लाह अनुसार मैले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताउनुभयो ।

यस्तै उहाँले आफ्नो टीमका वडा अध्यक्षहरुको उम्मेद्वारी चैत २९ मा घोषणा गर्ने र त्यसपछि सदस्यहरुको पनि उम्मेद्वारी घोषणा गर्ने बताउनुभयो ।

एमाले डिलाशैनी गाउँकमिटीले अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष उकेन्द्र बोहरा, गाउँपालिका प्रवक्ता अक्कल राना र प्रेमराज भट्टको नाम सिफारिश गरेको छ । गाउँपालिका कमिटिको बैठक बसेका बेला माइन्युट गायब गरेर आफ्नो नाम षडयन्त्रपूर्वक हटाएको भन्दै जोशीले विद्रोह गर्नुभएको बताउनुभयो ।

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?