बैतडी। इलाका प्रहरी कार्यालय पाटन बैतडीका प्रमुख,प्रहरी निरीक्षक राजेश शाही पुरस्कृत भएका छन् । शान्ति,सुरक्षा र अपराध अनुसन्धानमा उत्कृष्ट काम गरेको भन्दै शाहीलाई प्रदेश डीआईजी पुरषोत्तम कडेँलले पुरस्कृत गरेका हुन् ।
वि स २०७७ बैशाखमा पाटन आएका शाहीको नेतृत्वमा जयपृथ्वी राजमार्गमा ठूलो परिमाणमा चरेश, सुर्नयामा व्यापारी हत्या,विद्यालयमा सचेतनामूलक कार्यक्रम,दोगडाकेदारमा सौता हत्या, रिममा मन्दिरमा भएको सुन चोरी लगायतका घटनाहरू अनुसन्धान र अपराधी समात्न सफल भएका थिए ।
शाहीको हाल जिल्ला प्रहरी कार्यालय दार्चुला सरूवा भएको छ । केही दिनमै शाही दार्चुला आउने बताइएको छ ।बिनोद विष्ट
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया