दार्चुला । शैल्यशिखरको वडा नम्बर ६ मा ५३ जना र वडा नम्बर १ मा एक जना गरी ५४ जनाले नेकपा एमालेमा प्रवेस गरेका छन् । शैल्यशिखर नगरपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेस पार्टीमा लामो समयदेखि क्रियाशिल रहेका करविर सिह धामीको नेतृत्वमा ५३ जनाले पार्टी परित्याग गरि नेकपा एमाले प्रवेश गरेका हुन् । वडानम्बर ६ मिलिमिली घर भएका धामीको नेतृत्वमा ५३ जनाले एमाले प्रवेश गरेको नेकपा एमाले शैल्यशिखर नगरकमिटी अध्यक्ष रणबहादुर खत्रीले जानकारी दिनुभयो ।
पार्टी प्रवेश भएका नवप्रवेशीहरुलाई नेकपा एमाले पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गणेशसिह ठगुन्नाले टिका अविर लगाएर पार्टीमा स्वागत गर्नुभएको उहाँले बताउनुभयो । यसअघिको टोल कमिटि गठन कार्यक्रममा ४२ जनाले नेपाली कांग्रेस परित्याग गरि एमाले प्रवेश गरेका थिए । नेकपा एमालेले मात्रै गरिब जनताको पक्षमा काम गर्ने देखेपछि नेपाली काग्रेस पार्टी परित्याग गरेको करविरसिह धामीको प्रतिक्रिया छ । नेपाली कांग्रेस सत्तामा पुगेपछि सधै जनतालाई धोका दिने काम बाहेक कुनै कार्य गर्न नसकेको उहाँको भनाई छ । पार्टी प्रवेश भएका धामी मिलिमिलि क्षेत्रका प्रभावशाली व्यक्ति रहेकोले वडानम्बर ६ मा नेपाली कांग्रेस निकै कमजोर बनेको नेकपा एमाले प्रवेश गरेका मोहनसिह धामीको दाबी छ ।
यस्तै शैल्यशिखर नगरपालिका वडा नम्बर १ बलाँचमा नेपाली कांग्रेशका किर्याशिल सदस्य शेरसिंह बोहराले कांग्रेश परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको शैल्यशिखर १ का निर्वाचित वडा अध्यक्ष एबं आसन्न स्थानीय तहमा एमालेबाट वडाअध्यक्षका उम्मेदवार भरतबहादुर खडायतले जानकारी दिनुभयो ।
शैल्यशिखरमा एमालेले चुनावी गतिविधि गरिरहेको छ । मेयरमा विजयसिंह धामी उम्मेदवार हुने सहमति भइसकेको छ । सबै वडामा समेत उम्मेदवार सहमतिमै चयन भइसकेको र उपमेयरका लागि छलफल जारी रहेको नेकपा एमाले शैल्यशिखर नगरकमिटीले जनाएको छ ।
सहसचिव सामन्त एमालेमा प्रवेश
नेपाली कांग्रेस महाकाली नगरकार्यसमिति सहसचिव गणेशसिह सामन्त नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । लामो समयदेखि नेपाली कांग्रेसमा क्रियाशिल रहि नेपाली कांग्रेस नगर कार्यसमिति सहसचिवको जिम्मेवारीमा रहेका सामन्तले कांग्रेश पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले महाकाली नगरकमिटि अध्यक्ष नरसिह चैसिरले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसमा २०५६ साल देखि क्रियाशिल रहेको भएता पनि पार्टीले जनताको पक्षमा हुने कुनै राम्रो कार्य नगरेकाले नेकपा एमाले प्रवेश गरेको नवप्रवेशी सामन्तको भनाई छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया