लेकमको कुणीमा चितुवा मृत फेला, खाडलमा पुरियो

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ कुणीमा एक चितुवा मृत फेला परेको छ । मरेको चितुवा देखेपछि स्थानीयले प्रहरी र बन कार्यालयलाई खबर गरेका थिए ।

बन डिभिजन कार्यालय दार्चुला, रातामाटा प्रहरी चौकी र लेकमको वडा नम्बर २ का प्रतिनिधिको रहोबरमा चितुवालाई खाडलमा गाडिएको (पुरिएको) छ । लेकमको वडा नम्बर २ का निर्वाचित वडा सदस्य पदमराज जोशीका अनुसार बन कार्यालयको टोलीले घटनास्थलमा पुगेर मुचुल्का तयार गरेपछि मृत चितुवालाई खाडमा गाडीएको हो ।

लेकम गाउँपालिका वडा नम्बर २ मा बेलाबेला चितुवा देखापर्ने गरेको छ । चितुवाले गाइ, बाख्राहरु खाने गरेको भन्दै स्थानीयले गुनासो गर्दै आएका छन् ।

चितुवाको मृत्यु कहिले र कसरी भयो भन्ने खुलेको छैन् । स्थानीयको भनाई अनुसार चितुवा चितुवा बिच भिडन्त भएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?