दार्चुला । नेकपा माओवादी केन्द्र दार्चुलाको समन्वय समिति बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । माओबादी केन्द्रका जिल्ला समन्वय समिति सचिव प्रेमराज पन्तका अनुसार बैठकले नौं वटै पालिका र वडाहरुमा निर्वाचन परिचालन मुल समिति र आवश्यकताका आधारमा उपसमितिहरु वैशाख ५ गते भित्र गठन गरी प्रचारप्रसार कार्यमा सरिक हुने निर्णय गरेको छ ।
बैठकमा दार्चुला जिल्लाका ९ वटा पालिकाको रिपोर्टिङ गरिएको थियो । जसको आधारमा उमेदवारको छनौट र गठबन्धनका बारेमा आवश्यक छलफल गरि वैशाख ३ गते शनिबार भित्र पालिका र वडाका उम्मेदवारहरु सिफारिस गरिसक्ने निर्णय गरिएको सचिव पन्तले बताउनुभयो । सत्तारुढ पाँचदलीय गठबन्धनमा सम्मानजनक सहभागीता, जितको सुनिश्चितता र आमोबादी केन्द्रको जन आधारका आधारमा छलफल गरी ३ गते दिउँसो २ बजेभित्र आवश्यक निर्णय गरिसक्ने निर्णय गरिएको उहाँको भनाई छ ।
माओबादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक मानबहादुर धामीको अध्यक्षतामा आयोजित बैठकमा प्रदेश सह-ईन्चार्ज तथा केन्द्रिय सदस्य लक्षण दत्त जोशीको प्रमुख आतिथ्यता रहेको थियो । जिल्ला ईन्चार्ज लक्ष्मी बिक लगायत नेताहरुको आतिथ्यता रहेको युवा नेता अशोकसिंह धामीले बताउनुभयो ।
दार्चुलामा गठबन्धका विषयमा ठोस निर्णय भइनसकेका कारण माओबादी र कांग्रेश लगायत सत्तारुढ दलहरुले उम्मेदवारी चयनमा ढिलाइ भएको जनाएका छन् । छलफल जारी रहेकोले वैशाख ३ गते शनिबार सम्ममा गठबन्धनको विषयमा केही निष्कर्ष निस्कने नेताहरुको प्रतिक्रिया छ ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया