दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेकपा एमालेबाट नगर उपप्रमुख पदमा शान्ति खडायतले उम्मेदवारी दिने सहमति जुटेको छ । उपमेयर पदका आकांक्षिहरुबिच सहमति जुटेपछि शैल्यशिखर नगरपालिका वडा नम्बर १ का खडायतले उम्मेदवारी दिने टुगों लागेको एमाले नेता कर्णबहादुर खडायतले जानकारी दिनुभयो ।
यसअघि नेपाली कांग्रेशको तर्फबाट शैल्यशिखरको उपप्रमुखमा राजमती पालले उम्मेदवारी दिने टुगों लागिसकेको छ । अन्य दलबाट उम्मेदवारी भएपनि उपमेयर पदमा एमालेका खडायत र कांग्रेशका पालबिच मुख्य प्रतिस्पर्धा हुने बताइएको छ ।
मेयरमा धामी भर्सेज धामी
शैल्यशिखर नगरपालिकाको मेयरमा भने नेकपा एमालेको तर्फबाट शैल्यशिखर नगरपालिका वडा नम्बर ६ का विजयसिंह धामी र नेपाली कांग्रेशको तर्फबाट सोहि वडाका अमरसिंह धामीबिच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित मेयर धामीलाई नै फेरी मेयरको उम्मेदवार बनाउने कांग्रेशले निर्णय गरेको छ । भने एमालेको तर्फबाट तत्कालिन ग्वानी गाविस अध्यक्षमा निर्वाचित र पार्टीको विभिन्न जिम्मेवारी वहन गर्दै आउनुभएका विजय धामीलाई नगरप्रमुख पदमा उम्मेदवार बनाउने यसअघि नै सहमति भइसकेको छ ।
एमालेले वडादेखि पालिका प्रमुख, उपप्रमुख सबै उम्मेदवारको सहमतिमै टुगों लगाएर प्रचारप्रसार सुरु भइसकेको जनाएको छ । कांग्रेशले पनि गठबन्धनका कारण केही अलमल भएपनि प्रचारप्रसार तथा कार्यकर्ता भेटघाट कार्यक्रम सुरु भइसकेको जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया