दार्चुला । लेकम गाउँपालिका वडा नम्बर २ कुणीमा रहेको हुनैनाथ मन्दिर कुणीबाट सुन, चाँदी चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लेकम २ कुणीकै आनसिंह कामीका छोरा जगदिश राम कामी रहेको प्रहरीले जनाएको छ ।
गत चैत २६ राती सुन, चाँदी चोरी भएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । केही दिन यता फरार रहेका कामीलाई वैशाख ३ गते कुणीबाटै पक्राउ गरिएको जानकारी प्राप्त भएको छ । चोरीको आरोप लागेका कामीलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गोकुलेश्वर पठाइएको छ ।
स्थानीयका अनुसार एक किलो चाँदी र केही तोला सुन चोरी भएको बताइएको छ । यद्धपी घटना अनुसन्धानकै क्रममा रहेकोले थप जानकारी प्राप्त भइनसकेको प्रहरीले जनाएको छ ।
दार्चुलाको लेकम क्षेत्रका मन्दिरहरुमा भक्तजनहरुले स्या (सेवा) स्वरुप नगद पैँसा (भेटी) का साथै सुन, चाँदी लगायत बस्तुहरु चढाउने गर्दछन ।
प्रहरी स्रोतका अनुसार चोरीको आरोप लागेका कामीले प्रारम्भीक अनुसन्धानका क्रममा उक्त सुन, चाँदी चोरी गरेको स्वीकार गर्दै गोकुलेश्वरस्थित पशलमा बेच्न लगेको कुरा खुल्न आएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया