दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ४ मठैराजमा पहिलो पटक गाडी पुगेको छ । सडक र गाडी गाउँमा पुगेपछि गाउँभरी खुसीयाली छाएको स्थानीय समाजसेवी महेशराज पन्तले जानकारी दिनुभयो । दुर्गम गाउँ मठैराजमा सडक र गाडी पुगेपछि मठैराजबासीले हर्षित भएर सडक निर्माणमा सहयोग र पहल गर्ने सबैलाई धन्यबाद ज्ञापन गर्दै फुलमालाले स्वागत गरेका छन् ।
गाउँमा गाडी पुगेपछि स्थानीय महेशराज पन्तले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, जीबनकै अर्थात पुस्तौं पुस्ताको युगौं यूग पछीको सबैभन्दा बढी खूसीको अर्थात् पहीलो खूसीको दीन आज मेरो र म जन्मेको भूमीको एतीहासिक दीन मठैराजको लागी आज । लामो सङ्घर्ष र अभ्यास पछी आज मठैराजमा सडक पुगेको खुसीले कसैको मन पनी हर्षीत हुनबाट बन्चीत भएन । बीसेश धन्यवाद नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष सुरेन्द्र पाल ज्यू, डीलासैनी गाउँपालिकाको कार्यालय र सडक यहाँसम्म पूगाउदै गर्दा रातदिन खटनपटनमा खटिरहेका सम्पूर्ण साथीहरूमा हार्दिक कृतज्ञता ।
मठैराज मा बी हडाकोट र ४ नम्बर वडा कार्यालय र मठैराज बरमपूरमा सडक सङ्गै गाडीहरू पुगीसकेको भोलीदेखि हाडाकोट स्वास्थ्य चौकी को लागी काम सुरू हुने उहाँले बताउनुभइको छ । छिट्टै एक औपचारिक कार्यक्रमका बिच सडक उद्धघाटन गरीने उहाँले बताउनुभयो ।



विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया