माओवादीका दाङ जिल्ला इन्चार्जद्वारा राजीनामा

दार्चुला । घोराही उपमहानगरपालिकाले मेयरमा उठ्न टिकट नपाउने निश्चित भएपछि नेकपा (माओवादी केन्द्र)का दाङ जिल्ला इन्चार्ज जीवन गौतमले पार्टीबाट राजीनामा दिनुभएको छ ।

केन्द्रीय सदस्यसमेत रहनुभएका गौतमले सोमबार घोराहीमा पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिनुभएको हो ।

गौतम ०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट मेयरका उम्मेदवारी दिनुभएको थियो ।

अहिले पनि उहाँले घोराही उपमहानगरपालिका मेयरको दाबी गर्नुभएको थियो । तर, आफ्नो भागमा मेयर नपर्ने भएपछि उहाँले पार्टी परित्याग गर्नुभएको हो ।
नारायणकाजी श्रेष्ठनिकट मानिने गौतमले आफूलाई पार्टीले सहयोग नगरेको गुनासो गर्दै आउनुभएको थियो ।

साथै, उहाँले माओवादीलाई गैरकम्युनिस्ट चरित्र देखाएको आरोपसमेत लगाउनुभयो । माओवादी छोडे पनि कुनै पार्टीमा नजाने उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?