सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

दार्चुला । पालिका चुनावमा सिट भागबन्डा गर्न बसेको सत्तारुढ गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ ।

आज सोमवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक निष्कर्षविहीन भएको र बैठक बेलुका फेरि बस्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

यसअघि सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको हिजो आइतवार बसेको बैठकमा पनि कुनै टुङ्गो लागेको थिएन । पालिका चुनावमा सिट बाँडफाँट गर्न भन्दै केही दिनदेखि सत्ता गठबन्धनको बैठक बस्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?