सत्ता गठबन्धनको बैठक आज पनि निष्कर्षविहीन

दार्चुला । पालिका चुनावमा तालमेल गर्नेबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक आज सोमवार पनि निष्कर्षविहीन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा आज सहमति जुट्न नसकेको तर छलफल सकारात्मक भइरहेकाले छिटै टुङ्गिने सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भोलि मङ्गलवरा बिहान साढे ११ बजे फेरि बैठक बस्ने र त्यो बैठकले सहमति जुटाउने कार्कीको भनाइ छ ।

सत्तारुढ नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी०, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाबीच गरिएको दिनभरको प्रयास असफल भएको हो ।

महानगर र उपमहानगरपालिकामा केन्द्रबाट नै गठबन्धनको टुङ्गो लगाउने निर्णय गरेका सत्तारुढ पाँच वटा दललाई भागबन्डा मिलाउन सकस भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?