केन्द्रीय बैंकले न्याय पायो, काममा फर्किन्छु : गभर्नर अधिकारी

दार्चुला। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अदालतको आदेशको प्रति पाएलगत्तै आफू काममा फर्किने बताएका छन् । विभिन्न आरोप लगाउँदै गरकारले जाँचबुझ समिति बनाएपछि निलम्बनमा परेका अधिकारीलाई सर्वोच्च अदालतले मंगलबार काम गर्नबाट नरोक्न अन्तरिम आदेश दिएको थियो ।

अधिकारीले दायर गरेको रिटमा अदालतले अन्तरिम आदेश दिँदै अधिकारीलाई काम गर्न बाटो खुला गरेको छ । आदेशपछि गभर्नर अधिकारीले केन्द्रीय बैंकले न्याय पाएको प्रतिक्रिया दिनुभयो ।

‘म त माध्यम मात्रै हुँ, यो केन्द्रीय बैंक र सबैले पाएको न्याय हो,’ उहाँले भन्न्ुभयो, ‘यसबारे अन्तिम फैसला हुन बाँकी नै छ ।’ उहाँले अदालतको आदेश हात परेलगत्तै आफू केन्द्रीय बैंकमा फर्किर काम थाल्ने बताउनुभयो।

अधिकारी निलम्बनपछि स्वायत्त संस्थामा सरकारले हस्तक्षेप गरेको भन्दै विरोध भएको थियो । अर्थमन्त्री जनार्दन शर्माले सरकारलाई असहयोग गरेकोसहित विभिन्न गम्भीर आरोपहरु लगाएर गभर्नरको निलम्बन गराएका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?