दार्चुला । दार्चुलाको व्यास गाउँपालिकामा नेकपा (एमाले) ले अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सहमतिमै टुगों लगाएको छ । गाउँपालिका अध्यक्ष पदमा मंगलसिंह धामी र उपाध्यक्षमा चन्दा कुवँरलाई उम्मेदवार बनाउने सहमति भएको नेकपा (एमाले) जिल्ला कमिटी सदस्य उपेन्द्रसिंह धामीले जानकारी दिनुभयो ।
अध्यक्ष पदका उम्मेदवार धामी व्यासको वडा नम्बर ५ का वडाअध्यक्ष एबं नेकपा एमाले व्यास गाउँकमिटीका अध्यक्ष हुनुहुन्छ । उपाध्यक्षका उम्मेदवार कुवँर नेकपा एमाले जिल्ला कमिटी उपसचिव हुनुहुन्छ । दुबै जनालाई सहमतिमै उम्मेदवार चयन गरिएको र अब वडाहरुको समेत उम्मेदवारी सहमतिमै टुंग्याएर निर्वाचनमा होमिने तयारी रहेको जिल्ला कमिटी सदस्य धामीले बताउनुभयो । अहिलेसम्म अनौँपचारीक प्रचारप्रसार भइरहेको र भोलि/पर्सीदेखि औपचारीक प्रचारप्रसारका कार्यक्रम सुरु हुने उहाँले बताउनुभयो ।
यसअघि गाउँपालिका अध्यक्ष पदमा मंगलसिंह धामीसंगै दिलिप डडाल, मोहन बिष्ट, भगत ऐतवाल लगायतले आकांक्षा राखेका थिए । छलफलपछि धामीलाई उम्मेदवार बनाउने र विजयी गराउन सबैले सहयोग गर्ने सहमति भएको बताइएको छ । व्यासमा अन्य राजनीतिक दलले हालसम्म उम्मेदवारको टुंगो लगाइसकेका छैनन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया