लेकम गाउँपालिकामा एमालेबाट ३२ जनाले गरे मनोनयन दर्ता

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्ष, उपाध्यक्षसहित सबै उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । आइतबार (आज) सिंगो टिमले शान्त वातावरणमा प्रस्तावक र समर्थकहरुको उपस्थितिमा मनोनयन दर्ता गरेको बताइएको छ ।

लेकम गाउँपालिका अध्यक्षका लागि निवर्तमान अध्यक्ष एबं एमाले नेता परमानन्द जोशी, उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष माधवी जोशीले मनोनयन दर्ता गर्नुभएको छ । वडा नम्बर १ को अध्यक्षमा नवराज पन्त, सदस्यमा दिपेन्द्रसिँह बोहरा, माधव साउद, पार्वती विष्ट, बसन्ती लावडले मनोनयन दर्ता गरेका छन् । वडा नम्बर २ को अध्यक्षमा रामानन्द भट्ट र सदस्यहरुमा तर्कराज भट्ट, प्रेससिँह धामी, द्रोपती जोशी, सिता सार्कीले मनोनयन दर्ता गरेका छन् ।

वडा नम्बर ३ को अध्यक्षका लागि सुरेश सिँह थापा तथा सदस्यहरुमा प्रकाश पन्त, हरिदत्त जोशी, दुरा पार्की, मानमती सार्कीले मनोनयन दर्ता गरेका छन् । वडा नम्बर ४ को अध्यक्षमा पुष्पराज जोशी तथा सदस्यहरुमा गणेशदत्त पन्त, केशब गिरी, लिला कुमारी नाथ गिरी, पार्वती पार्कीले मनोनयन दर्ता गरेका छन् ।

वडा नम्बर ५ को अध्यक्षका लागि बलदेव सिँह बोहरा तथा सदस्यहरुमा शंकरदत्त जोशी, रेवाधर जोशी, सम्झना धमला बोहरा, कौशिला लुहारले मनोनयन दर्ता गराएका छन् । वडा नम्बर ६ को अध्यक्षका लागि हरि साउद तथा सदस्यहरुका लागि चञ्चलसिँह खत्री, हरिनन्दन नाथ, मानमती मिश्र, कलावती महरले मनोनयन दर्ता गरेका छन् ।

आइतबार (आज) दार्चुलाको लेकम, मार्मा र नौगाड गाउँपालिकामा एमाले उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । लेकम गाउँपालिका वडा नम्बर ४ लगायत केही वडामा स्वतन्त्र उम्मेदवारी समेत दर्ता भएको छ । गठबन्धनका उम्मेदवार र बाँकी रहेका एमाले उम्मेदवारले भोलि सोमबार उम्मेदवारी मनोनयन दर्ता गर्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?