लेकममा स्वतन्त्र मनोनयन दर्ता गराएका साउँदसहित तीन जनाले लिए उम्मेदवारी फिर्ता

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएका ईन्द्र सिंह साउदले उम्मेदवारी फिर्ता लिनुभएको छ । निर्वाचन अधिकृतको कार्यालय रातामाटा पुगेर कांग्रेश निकट नेबिसंघका नेता समेत रहनुभएका साउदले शुक्रबार (आज) अपरान्ह सवा चार बजे उम्मेदवारी फिर्ता लिनुभएको हो ।

दार्चुलाको लेकम गाउँपालिका अध्यक्षमा दुई स्वतन्त्रसहित पाँच जनाको उम्मेदवारी मनोनयन दर्ता भएको थियो । नेकपा एमालेको तर्फबाट परमानन्द जोशी, सत्तागठन्धनबाट माओवादीका रामदत्त जोशी, नेकपा (एकीकृत समाजवादी) बाट नरेन्द्र रावल र स्वतन्त्रबाट ईन्द्र साउद र दयालु नाथको उम्मेदवारी परेको थियो । स्वतन्त्र उम्मेदवार साउदले उम्मेदवारी फिर्ता लिइसकेको बताएका छन् ।

गाउँपालिका उपाध्यक्षमा एमालेका माधवी जोशी, गठबन्धनबाट कांग्रेसका सुना जोशी र स्वतन्त्रबाट अनिता धामीले उम्मेदवारी दिएकोमा स्वतन्त्र उम्मेदवार धामीले उम्मेदवारी फिर्ता गरेसंगै उपाध्यक्षमा जोशीद्धयको प्रतिस्पर्धा हुने भएको छ ।

लेकम गाउँपालिका वडा नम्बर ५ को वडाअध्यक्षपदमा राप्रपाबाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएका कम्मानसिंह बोहराले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । शुक्रबार आज विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय थियो । *यसअघि प्रकाशित समाचारमा गलत सूचनाका कारण स्वतन्त्र उम्मेदवार दयालु नाथले पनि उम्मेदवारी फिर्ता लिएको भएकोमा सच्याइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?