दार्चुलामा एमालेबाट दुई उम्मेदवार निर्विरोध निर्वाचित

दार्चुला । दार्चुलामा नेकपा एमालेबाट सदस्य पदका दुई उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । अपिहिमाल गाउपालिका वडा नम्बर ३ बाट एमालेका दलित महिला सदस्य पदका उम्मेदवार सोभा टमटा र मार्मा गाउँपालिका वडा नम्बर ५ मा नेकपा एमालेका महिला वडा सदस्य पदका उम्मेदवार कमला महता निर्विरोध निर्वाचित भएका हुन् ।

अपिहिमालमा एकल उम्मेदवारी परेपछि दलित महिला सदस्य टमटा निर्वाचित हुनुभयो । भने मार्मामा नेपाली कांग्रेशका उम्मेदवार हिरमती बोहराले उम्मेदवारी फिर्ता लिएपछि नेकपा एमालेबाट महिला वडा सदस्यका उम्मेदवार महता निर्विरोध निर्वाचित हुनुभएको मार्मा गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पदका उम्मेदवार सुरेन्द्र महताले जानकारी दिनुभयो ।

दार्चुलाका दुई सहित देशभर ३३५ पदमा उम्मेदवारहरु निर्विरोध निर्वाचित भएको बताइएको छ । निर्विरोध निर्वाचित भएकाहरुलाई पनि प्रमाणपत्र भने निर्वाचनपछि मात्रै प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?