दार्चुला । बैतडीमा कोदालोले हिर्काउँदा एक युवकको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ७ मनकुडाका अन्दाजी २७ बर्षीय श्यामबहादुर ऐरको मृत्यु भएको हो । सोही ठाउँका २९ बर्षीय बिरसिंह ऐरले खानेपानीको बिषयमा विवाद हुँदा श्यामबहादुरलाई कोदालोले हिर्काएको स्थानीय एवं नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि उत्तरबहादुर ऐरले बताउनुभयो।
विरसिंह ऐरले कोदालाले हिर्काउँदा श्यामबहादुर ऐरको छातीमा गम्भीर चोट लागेर मृत्यु भएको उहाँले बताउनुभयो। मृतकको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पताल लैजाँदै गरिएको ऐरले बताउनुभयो ।
कोदालोले हिर्काउने विरसिंह ऐरलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । दुवैजना छिमेकी रहेका र खानेपानीको बिषयमा विवाद हुँदा शुक्रबार दिउँसो घटना भएको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया