दार्चुला । दार्चुला सहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।
स्थानीय समयअनुसार बुधबार बिहान १० बजेर १८ मिनेटमा सुदूरपश्चिमका दार्चुला, बैतडी र डडेल्धुरामा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
राष्ट्रिय भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार दार्चुलाबाट ३० किलोमिटर टाढा भारतमा केन्द्र बनाएर ५.३ स्केलको भूकम्प गएको हो।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया