दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा नेकपा एमालेले अध्यक्षमा अग्रता बढाउदै लगेको छ । वडा नम्बर १ को मत गणना हुँदा एमाले उम्मेदवार हिरासिंह धामीले अध्यक्ष पदमा ३९९ मतसहित अग्रस्थानमा रहनुभएको छ । गठबन्धनको तर्फबाट नेपाली कांग्रेशका नरेन्द्रसिंह धामीले १९५ मतसहित पछ्याइरहनुभएको छ । मालिकार्जुन गाउँपालिका वडा नम्बर १ को मतगणना सम्पन्न हुदासम्म अध्यक्ष पदमा एमाले २०४ मतले अगाडी देखिएको छ ।
उपाध्यक्ष पदमा गठबन्धनको तर्फबाट माओबादी नेता कल्यानसिह धामीले २७५ मत प्राप्त गर्दै अग्रता लिनुभएको छ । एमाले उम्मेदवार गोमती भट्टको उपाध्यक्षमा २६५ मत प्राप्त भएको छ । मालिकार्जुनको वडा नम्बर १ मा नेकपा एमाले प्यानलसहित विजयी भएको छ ।
नेकपा एमालेका वडाअध्यक्ष पदका उम्मेदवार रमेशसिंह बोहराले २९१ मत ल्याएर निर्वाचित हुनुभएको हो । कांग्रेसका गौरसिंह बोहराले १४८ मत मात्रै ल्याउनुभयो । वडा सदस्य पनि एमालेकै निर्वाचित भएको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया