दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ। वडा नम्बर १ बाट पालिका अध्यक्षमा गठबन्धनका उम्मेदवार रामदत्त जोशी (आरडी) को अग्रता कायमै भएपनि वडामा एमाले उम्मेदवार विजयी भएका हुन् ।
पालिका अध्यक्षमा एमाले उम्मेदवार परमानन्द जोशीले ३१४ मत प्राप्त गर्दा गठबन्धनका साझा उम्मेदवार माओवादीका रामदत्त जोशीले ५७२ मत प्राप्त गर्नुभएको छ । नेकपा एकीकृत समाजवादीका नरेन्द्र रावलले ६४ मत प्राप्त गर्नुभएको छ ।
गाउँपालिका उपाध्यक्षमा एमाले उम्मेदवार माधवी जोशीले ४४७ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार सुना जोशीले ४३० मत प्राप्त गर्नुभएको छ ।
वडामा एमाले उम्मेदवार नवराज पन्त ४७८ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । गठबन्धनबाट कांग्रेस उम्मेदवार महादेव साउदले ४४५ मत प्राप्त गर्नुभयो । नेकपा एसको ५४ मत प्राप्त भएको छ । वडा सदस्यमा पनि सबै एमालेकै उम्मेद्वार जिजयी भएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया