दार्चुलाको अपिहिमालमा सबै वडासहित अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार भगतसिंह ठेकरे (बोहरा) निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार कांग्रेसकी देवकी बोहरा निर्वाचित हुनुभएको छ ।

अन्तिम मत परिणामअनुसार ठेकरेले २ हजार ३१२ मत प्राप्त गर्नुभएको छ । उहाँले प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार धर्मानन्दसिंह मन्याललाई ९१९ मतान्तरले पराजित गर्नुभयो । पराजित मन्यालले १ हजार ३८५ मत ल्याउनुभयो । २०७४ सालमा मन्याल गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो भने ठेकरे मन्यालसंगै पराजित हुनुभएको थियो ।

उपाध्यक्ष निर्वाचित नेपाली कांग्रेसकी देवकी बोहराले २ हजार २७ मत ल्याउनुभएको छ । उहाँकी प्रतिद्वन्द्वी एमालेकी उर्मिला बोहराले १ हजार ३ सय ९१ मत ल्याउनुभयो । वडाहरुमा समेत गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । छ वटै वडामा एमाले उम्मेदवार पराजित भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?