दार्चुला । बैतडीको पञ्चेश्वर गाउँपालिकामा अन्तीम मत परिणाम नआउदैँ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका गोरख बहादुर चन्द र बिना भट्टको जीत सुनिश्चीत भएको छ । अन्तीम मत परिणामका लागि ३सय ७५ गणना गर्न बाँकी रहेका बेला उनिहरुले गणना हुने मत भन्दा दोब्बर मत ल्याउदैँ जीत सुनिश्चीत गरेका हुन् ।
अध्यक्षमा चन्दले नेपाली कांग्रेसका रमेश सिंह भण्डारीलाई पराजीत गर्दै विजय हासिल गरेका हुन भने, गाउँपालिका उपाध्यक्षमा विजयी भट्टले नेकपा एकिकृत समाजवादी का राजेन्द्र बहादुर चन्दलाई पराजीत गरेका हुन् । पञ्चेश्वर गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रबाट देवानीराम सार्की विजयी भएका छन् भने, वडा नम्बर २ मा माओवादी केन्द्रकै वीर बहादुर चन्द विजयी भएका छन् ।
वडा नम्बर ३ मा नेकपा एमालेका मिन बहादुर चन्द बिजयी भएका छन् । वडा नम्बर ५ मा नेपाली कांग्रेसका नरेश चन्द ४४७ मत लिएर बिजयी हुदाँ वडा नम्बर ६ मा एमालेका राम सिंह पुजारा विजयी भएका छन् । वडा नम्बर ६को मत परिणाम आउन बाँकी छ । पञ्चेश्वरमा सत्ता साझेदार दलहरुले गठबन्धन गर्दा एमाले एक्लै चुनाव लडेको हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया