दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा जमनसिंह धामी र उपाध्यक्षमा सर्मीला सिंह निर्वाचित हुनुभएको छ ।
माओवादी केन्द्रका धामीले ३८१३ मत ल्याए । उनका प्रतिद्वन्द्वी एमालेका देवसिंह महरले ३०८४ मत ल्याए । यस्तै उपाध्यक्षमा कांग्रेसकी सिंहले ३२२३ मत ल्याइन् । एमालेबाट उपाध्यक्ष की उम्मेदवार राजु धामी २८५३ मत ल्याइन् ।
मार्माको वडा नम्बर १ मा माओबादी केन्द्र (गठबन्धन) का कालुसिंह ठगुन्ना, वडा नम्बर २ मा माओबादी केन्द्र (गठबन्धन) का अमरसिंह बिष्ट, वडा नम्बर ३ मा माओबादी केन्द्र (गठबन्धन) का धिरेन्द्र धामी, वडा नम्बर ४ मा नेपाली कांग्रेश (गठबन्धन) का बिरसिंह धामी, वडा नम्बर ५ मा नेकपा एमालेका सुरेन्द्र महता र वडा नम्बर ६ मा एमालेकै सन्तोषसिंह कोट्टारी विजय हुनुभएको छ ।
मार्मामा माओबादी केन्द्र र कांग्रेशबिच गठबन्धन हुँदा अध्यक्षसहित चार वडा माओबादी र उपाध्यक्षसहित दुई वडा कांग्रेशको भागमा परेको थियो । माओबादी तीन वडामा विजयी हुँदा कांग्रेश एक र एमाले दुई वडामा विजयी भएको छ ।
यसअघि नौगाड र अपिहिमाल गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भइसकेका छन् ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया