दुहुँ गाउँपालिका अध्यक्षमा एमालेका नरेन्द्र वडाल विजयी

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकामा नेकपा एमालेका नरेन्द्र बहादुर वडाल विजयी हुनुभएको छ । कांग्रेश दार्चुलाका सचिव एबं गठबन्धनका साझा उम्मेदवार पुलेन्द्रबहादुर कार्कीलाई ९० मतान्तरले पराजित गर्दै वडाल विजयी हुनुभएको हो ।

अध्यक्षमा वडालले दुई हजार ८८६ मत प्राप्त गर्दा कार्कीले दुई हजार ७९६ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा भने कांग्रेशका शान्ति बम १२ मतान्तरले विजयी हुनुभएको छ । बमले दुई हजार ८४३ मत प्राप्त गर्दा एमाले उम्मेदवार ताराकेशरी कुवँरले दुई हजार ८३१ मत प्रप्त गर्नुभयो ।

दुहुँ गाउँपालिकाको वडा नम्बर १ र २ को वडाअध्यक्षमा कांग्रेश वडा नम्बर ५ मा माओबादी केन्द्र र वडा नम्बर ३ र ४ मा एमाले विजयी भएको छ । गाउँपालिका अध्यक्षमा एमालेका नरेन्द्र बडाल र उपाध्यक्षमा कांग्रेशका शान्ति बम विजय भइसकेको भएपनि औपचारीक घोषणा हुन बाँकी रहेको स्थानीय बिरेन्द्र महराले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?