मालिकार्जुनको अध्यक्षमा एमालेका हिरासिंह धामी निर्वाचित, उपाध्यक्षमा माओवादीका पंकज विजयी

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिरासिंह धामी निर्वाचित हुनुभएको छ । चार हजार ३४ मत ल्याएर धामी निर्वाचित भएका हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका नरेन्द्र सिंह धामीले तीन हजार ३२२ मत ल्याउनुभयो ।

उपाध्यक्षमा भने गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका कल्यानसिंह धामी निर्वाचित हुनुभएको छ । तीन हजार ५६६ मत ल्याएर धामी निर्वाचित हुनुभयो । उहाँका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका गौमती भट्टले तीन हजार ३२२ मत ल्याउनुभयो ।

वडा नम्बर १ मा एमालेका रमेस सिह वोहरा, वडा नम्बर २ मा एमालेका गणेस सिह धामी, वडा नम्बर ३ मा एमालेका मदन सिह धामी, वडा नम्बर ४ मा कांग्रेशका धन सिह धामी, वडा नम्बर ५ मा एमालेका मदन बहादुर चन्द, वडा नम्बर ६ मा कांग्रेशका गोकर्ण धामी, वडा नम्बर ७ मा कांग्रेशका बहादुर चन्द र वडा नम्बर ८ मा माओबादीका केशर सिह धामी वडाअध्यक्षमा निर्वाचित हुनुभएको छ ।

मालिकार्जुन गाउँपालिकामा २०७४ सालमा अध्यक्षमा कांग्रेश र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी भएका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?