बैतडीको पुर्चौंडीमा माओवादीको किल्ला भत्कियो

दार्चुला । नेकपा माओवादी केन्द्रले आफ्नो आधार इलाका मान्दै आएको पुर्चौंडी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। गत स्थानीय तहको निर्वाचनमा मेयर र उपमेयर दुवै पदमा जितेको माओवादी केन्द्रले पुर्चौंडीमा अहिले दुवै पद गुमाएको छ।

मेयरमा नेपाली कांग्रेसका दीपकबहादुर बम ५८८० मतसहित विजयी भएका छन्। गत स्थानीय तहको निर्वाचनमा थोरै मतले माओवादी केन्द्रका रणबहादुर कुँवरसंग पराजित भएका बम यो पाली भने मेयरमा निर्वाचित भएका हुन्।

बम नेकपा एमालेका कर्णबहादुर कुँवर र नेकपा माओवादी केन्द्रका विक्रम कुँवरलाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन्। यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकै मिना धानुक ५२०० मतसहित विजयी भएकी छन्।

नेकपा एमालेकी जानकी साउँदलाई पछि पार्दै उनी उपमेयरमा विजयी भएकी हुन्। माओवादी युद्धकालदेखि नै माओवादीको प्रभाव रहेको पुर्चौंडीमा कांग्रेसले विजय हासिल गरेको हो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?