खलंगा पुलबाट हामफालेका विकासको प्रहरीद्वारा उद्दार

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर २ पनोडा बस्ने एक युवकले खलंगा पुलघाटबाट हाम फाल्नुभएको छ । गोबिन्द लुहारका छोरा २४ बर्षीय विकाश लुहारले महाकाली नगरपालिका वडा नम्बर ४ खलंगा पुलघाटबाट हाम फाल्नुभएको हो ।

बिच पुलबाट हामफालेका लुहार पुलकाे रसिमा अड्किएकाे र प्रहरी टोलीले सकुसल उद्दार गरेको बताईएको छ । पुलबाट हामफाल्ने युवकको मानसिक अवस्था ठिक नरहेको बुझिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?