दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ ।
लेकम १ छेडेसालको भिरमा लडेर ४० बर्षीया मानमती बोहराको मृत्यु भएको प्रहरीले बताएको छ ।
बोहराको विहिवार (आज) विहान घाँस काट्न गएको बेला भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
हामफालेका युवाको जिवितै उद्दार
दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर २ पनोडा बस्ने एक युवकले खलंगा पुलघाटबाट हाम फाल्नुभएको छ । गोबिन्द लुहारका छोरा २४ बर्षीय विकाश लुहारले महाकाली नगरपालिका वडा नम्बर ४ खलंगा पुलघाटबाट हाम फाल्नुभएको हो ।
बिच पुलबाट हामफालेका लुहार पुलकाे रसिमा अड्किएकाे र प्रहरी टोलीले सकुसल उद्दार गरेको बताईएको छ । पुलबाट हामफाल्ने युवकको मानसिक अवस्था ठिक नरहेको बुझिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया