प्रेस युनियन र प्रेस सेन्टर दार्चुलाको तर्फबाट नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई

दार्चुला । प्रेस युनियन र प्रेस सेन्टर नेपाल दार्चुला शाखाको तर्फबाट दार्चुलाको विभिन्न पालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना ज्ञापन कार्यक्रमको आयोजना गरिएको छ । प्रेस सेन्टर नेपाल दार्चुला शाखा अध्यक्ष हरिप्रसाद जोशीको अध्यक्षतामा आयोजित कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।

दार्चुलाका विभिन्न पालिकामा गठबन्धनको सहयोगमा माओबादी केन्द्रबाट विजयी हुनुभएका जनप्रतिनिधिको उपस्थिति रहेको उक्त कार्यक्रममा सहिदहरुको तस्बिरमा माल्यार्पण गरिएको थियो । मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामी, नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी, लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशी, अपिहिमाल गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे, मालिकार्जुन गाउँपालिका उपाध्यक्ष कल्यानसिंह धामी लगायतले शहिदहरुको तस्बिरमा माल्यार्पण गरेका हुन् ।

नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय खलंगामा आयोजित कार्यक्रममा माओबादीबाट निर्वाचित जनप्रतिनिधिहरुका साथै प्रेस सेन्टरका जिल्ला अध्यक्ष हरिप्रसाद जोशी, ईन्द्र साउद, प्रेस युनियनका जिल्ला सचिव किरन धामी, कमलराज जोशी लगायतको उपस्थिति रहेको थियो ।

No description available.

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?