कांग्रेस दार्चुलाका सचिव कार्कीद्वारा राजिनामा

दार्चुला । नेपाली कांग्रेस दार्चुलाका सचिव पुलेन्द्रबहादुर कार्कीले राजिनामा दिनुभएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले दार्चुलाका अधिकांश स्थानीय तहमा अपेक्षित नतिजा प्राप्त गर्न नसकेको भन्दै नैतिकताको आधारमा राजिनामा दिनुभएको हो ।

दुहु गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहनुभएका अध्यक्ष कार्की वैशाख ३० गतेको निर्वाचनमा एमालेका नरेन्द्र बहादुर सिंह वडालसंग पराजित हुनुभयो । दार्चुलाको कुनैपनि स्थानीय तहमा प्रमुख पद जित्न नसकेको तथा अपेक्षित नतिजा प्राप्त नभएको भन्दै पार्टीको तर्फबाट नैतिक जिम्मेवारी लिदै सचिव पदबाट राजिनामा दिएको बताइएको छ । नेपाली कांग्रेस दार्चुलाका पार्टी सभापति ललितसिंह बोहरालाइ बुझाइएको राजिनामा पत्रमा सचिव पदको जिम्मेवारी बहन गर्न नसकेको महसुस गर्दै राजिनामा दिएको उल्लेख गर्नुभएको छ ।

२०७४ सालमा दुई नगरपालिकासहित पाँच स्थानीय तहमा जित हासिल गरेको कांग्रेसले यो पटक जिल्लाका सबै पालिकाको नेतृत्व गुमाएको छ । जिल्लामा कांग्रेस क्लिनस्वीप हुनुमा जिल्ला नेतृत्व जिम्मेवार रहेको भन्दै कार्यकर्ताहरूले मन्त्री बडू सहित जिम्मेवार नेताहरूको राजिनामा माग गरिरहेका छन् ।

कांग्रेस दार्चुलाका सचिव कार्कीले पेश गरेको राजीनामा यस्तो छः

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?