पेट्रोल प्रतिलिटर १८०, ग्यास प्रतिसिलिन्डर २ सय बढ्यो, सरकारको चर्को आलोचना

दार्चुला । नेपाल आयल निगमले आज आइतवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर दुई सय रुपैयाँ बढाएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८०, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ६३, हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय ६६ र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ८ सय रुपैयाँ पुगेको छ ।

निगमले यसअघि गएको वैशाख ३१ गते पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ बढाएको थियो । पटकपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ ।

यसैबिच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको आपूर्ति गर्न अनुमति दिनुपर्ने बताउनुभएको छ । आइतवार नेपाल उद्योग वाणिज्य महासङ्घले काठमाण्डौमा आयोजना गरेको ुविद्यमान विश्वव्यापी खाद्य तथा इन्धन समस्याको प्रभाव एवम् समाधानका उपायु विषयक अन्तरक्रियामा बोल्दै मन्त्री बडूले यस्तो बताउनुभएको हो । निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको आपूर्ति गर्न दिएमा नेपाल आयल निगमसँग पनि मूल्यमा प्रतिस्पर्धा हुने र उपभोक्ताले कम मूल्यमा इन्धन पाउन सक्ने उहाँले बताउनुभयो ।

मन्त्री बडूले निष्क्रिय अवस्थामा रहेका उद्योगहरूलाई पनि निजी क्षेत्रसँगको सहकार्यमा सञ्चालन गर्ने गृहकार्य गरिएको बताउनुभयो । उद्योग सञ्चालन गर्दा उत्पादन र रोजगारी बढ्ने उल्लेख गर्दै उहाँले निजी क्षेत्रले भाडामा सञ्चालन गर्न चाहेमा दिने गरी मोडालिटी तयार गर्न लागेको बताउनुभयो । उहाँले आयात घटाउनु र राष्ट्रिय उत्पादन बढाउनु अहिलेको आवश्यकता भएको बताउनुभयो । आत्मनिर्भरताका लागि मेहनत गर्नुपर्ने मन्त्री बडूको भनाइ छ । मन्त्री बडूले व्यापारीहरुलाई फाइदा हुने गरी गलत कुरा बोलेको भन्दै आलोचना भइरहेको छ । विज्ञहरुले भारतमा पेट्रोलियम पदार्थको मूल्य घटेको अवस्थामा नेपालमा बढाएर अहिलेको सरकारले जनताको ढाड सेक्ने र आफुले नाफा कमिसन कमाउने धन्दामा लागेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?