दार्चुला । देशभरका ७ सय ५३ पालिकामध्ये बाजुराको बूढीगङ्गा नगरपालिकाबाहेक अरु सबैको अन्तिम नतिजा आएको छ । नेपाली कांग्रेसले ३ सय २८ पालिकामा प्रमुख पद जितेको छ । त्यस्तै एमालेले २ सय ५, माओवादी केन्द्रले १ सय २१ वटा पालिकामा प्रमुख पद जितेको छ ।
जनता समाजवादी पार्टीले ३०, नेकपा ९एकीकृत समाजवादी० ले २०, लोसपाले १६, राप्रपा, जनमोर्चा, नागरिक उन्मुक्ति पाटीले ४/४, जनमत पार्टीले २, नेमकिपा, जनता प्रगतिशील, तमलोपा र विवेकशील साझाले १/१ र स्वतन्त्रले १३ पालिकामा प्रमुख पद जितेका छन् ।
दार्चुलाका नौँ स्थानीय तहमध्ये पाँचमा एमाले र चारमा माओबादी केन्द्रका उम्मेदवार प्रमुख पदमा विजयी भएका छन् ।
पछिल्लो पटक काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निर्वाचित हुनुभएको छ । ७ सय ५३ वटा पालिकामा ३५ हजार २ सय २१ जना प्रतिनिधि चुन्न गएको वैशाख ३० गते मतदान भएको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया