बैतडीमा भरुवा बन्दुक सहित दुईजना पक्राउ

दार्चुला । बैतडीमा दुईजना भरुवा बन्दुक सहित पक्राउ परेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं ८ का ४० बर्षीय हिक्मतबहादुर बिष्ट र डिलाशैनी ४ का २१ बर्षीय राजेन्द्रबहादुर बिष्ट डिलाशैनी गाउँपालिका वडा नं ४ मठैराजस्थित चौंसालको जंगलबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताउनुभयो ।

उनीहरुको साथबाट एकनाले दुईथान भरुवा बन्दुक, त्यसमा लाग्ने छर्रा र बारुद समेत बरामद गरिएको छ । यस्तै घोरलको जस्तो देखिने टाउको, घोरलको जस्तै देखिने दुई थान छाला र १५ केजी मासु बरामद गरिएको प्रहरी निरीक्षक जोशीले बताउनुभयो ।

धामीगाउँ प्रहरीचौकीबाट खटिएको प्रहरीको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो । घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?