दार्चुला । जिल्ला समन्वय समिति दार्चुलाको निर्वाचन अन्तर्गत मतगणना सम्पन्न भएको छ । आज बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो सम्पन्न भएको र मतदानपछि दिउँसै मतगणना समेत सम्पन्न भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्ला समन्वय समितिको प्रमुखमा गठबन्धनको तर्फबाट कांग्रेसका महादेव बडू (कश्यप) र उप-प्रमुखमा नेकपा माओवादी केन्द्रका अमर सिह ठगुन्ना बिजियी हुनुभएको छ । खुला तीन सदस्यका लागि गठबन्धनबाट खडक सिंह धामी, पुस्कर सिंह धामी र बल्देव सिंह ठगुन्ना बिजयी हुनुभएको छ भने तीन महिला सदस्यका लागि सरस्वती सार्की, गौरी टमटा र अस्मती टमटा विजयी हुनुभएको छ । एकजना दलित सदस्यमा गठबन्धनकै कमला सुनार बिजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नौँ वटा स्थानीय तह रहेको दार्चुलामा समन्वय समितिका लागि १८ मतभार थियो । जिल्लामा नेकपा माओवादी केन्द्रको ४ स्थानीय तह अध्यक्ष र दुई स्थानीय तह उपाध्यक्षसहित ६ मतभार छ भने नेपाली कांग्रेसको चार वटा स्थानीय तह उपाध्यक्षसहित ४ मतभार छ । नेकपा एमालेको ५ स्थानीय तह प्रमुख र तीन स्थानीय तह उपप्रमुख सहित ८ मतभार रहेको छ । यसरी गठबन्धन दलको मतभार १० र नेकपा एमालेको मतभार ८ रहेको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया