दार्चुलामा चट्याङले चार बाख्रा, एक गाई र एक गोरुको मृत्यु

दार्चुला । दार्चुलामा चट्याङ लागेर चार बाख्रा, एक गाई र एक गोरुको मृत्यु भएको छ ।

आज राति करिब ९ बजेतिर शैल्यशिखर नगरपालिका वडा नम्बर ७ बन्तोलिका गंगादत्त जोशीका चार बाख्रा र एक गाई तथा सोही वडा देवथली दोबाटामा मोहनसिह खत्रीको एक गोरूको मृत्यु भएको स्थानीय रघुबिर धामीले जानकारी दिनुभयो ।

चट्याङले बर्सेनि धनजनको क्षति गर्दै आएको छ। केही दिन वर्षा र चट्याङको जोखिम भएकोले सतर्कता अपनाउन मौसमविदहरूले अनुरोध गरेका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?