मार्माको नीति, कार्यक्रम र बजेट सार्वजनिक, साढे ४५ करोडको बजेटमा यी क्षेत्र प्राथमिकतामा

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाकाे आगामी आर्थिक वर्ष २०७९/०८० काे नीति, कार्यक्रम र बजेट सार्वजनिक गरिएकाे छ । शुक्रवार मार्मा गाउँपालिका अध्यक्ष जमन सिह धामीले एघारौं गाउँसभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएकाे हाे ।  नीति तथा कार्यक्रममा कृषिमा आधुनिकिकरण र यान्त्रिकिकरणकाे नीति अवलम्बन गरि कार्यान्वयनमा ल्याउने, पालिकास्तरिय कृषि संकलन तथा भण्डारण केन्द्रकाे स्थापना गर्ने, हिमाल दृस्यावलाेकन पदमार्ग निर्माण गरिने, परमचुला धार्मीक पर्यटकीय स्थलकाे रुपमा विकास गर्ने, जटिबुटी प्रशोधन केन्द्र स्थापना गर्ने,  अध्यक्षसंग शिक्षक विद्यार्थी कार्यक्रम सन्चालन गर्ने, एक वडा एक खेल मैदानकाे नीति ल्याउने, पालिका स्तरिय सभा गृहकाे निर्माण गर्ने, मार्मा गाउँपालिकाका प्रत्येक घरधुरिमा दुई वर्ष भित्र विधुत सेवा उपलब्ध गराने, गाउँपालिका क्षेत्र भित्रका सार्वजनिक निकायहरु मार्फत प्रवाह गरिने सेवाहरुकाे कार्यसम्पादन मूल्यांकन गरि पुरस्कार तथा दण्ड प्रणाली अबलम्बन गरिने लगायत नीतिहरू समेटिएको छ ।

यस्तै आगामी आर्थिक वर्षकाे बजेट गाउँपालिका उपाध्यक्ष सर्मिला सिहँले सार्वजनिक गर्नुभयो । संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदान ११ कराेड ५९ लाख,  सषर्त अनुदान १६ कराेड अन्ठाउन्न लाख, समपुरक अनुदान ७० लाख, विषेश अनुदान  ६ कराेड २४ लाख, राजश्व बाडफाड बाट प्राप्त हुने ८ कराेड २८ लाख ४४ हजार, प्रदेश सरकारको समानिकरण अनुदान  ८२ लाख ४८ हजार, प्रदेश सरकार राजस्व बाँडफाँड ११ लाख १७ हजार, समपुरक २५ लाख, विशेष अनुदान ३८ लाख ६० हजार गरि कुल ४५ कराेड ४७ लाख १९ हजारको बजेट सार्वजनिक गरिएको हो ।

नीति, कार्यक्रममा समेटिएका कार्यक्रमहरूलाइ प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको मार्मा गाउँपालिकाले जनाएको छ । एमबिबिएस पढ्न चाहाने उत्कृष्ट विद्यार्थीलाई अनुदान दिने लगायत कुराहरू समेटिएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?