दार्चुला । दार्चुला–तिंकर सडक निर्माणमा संलग्न कामदारको भीरबाट लडेर मृत्यु भएको छ ।
व्याँस गाउँपालिका–२ मालगाउँस्थित नाकुरीधार क्षेत्रमा सडक निर्माणका क्रममा भीरबाट लडेर नौगाड गाउँपालिका–४ सिप्टीका अन्दाजी ४५ वर्षिय जय बहादुर धामीको मृत्यु भएको साइट हेर्ने वीरेन्द्र सिह धामीले जानकारी दिनुभयो ।
धामी सोमबार (आज ) बिहान १० बजेतिर भीरबाट करिब ५ सय मिटर तल खसेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया