दार्चुला । नेपाली कांग्रेश दार्चुलाका जिल्ला उपसभापति ललितसिंह ठगुन्ना (प्रबिण) माओबादीमै फर्किनुभएको छ । आज नेकपा (माओबादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाडामा एक औपचारीक कार्यक्रमका बिच नेता ठगुन्ना माओबादी केन्द्रमा प्रवेस गर्नुभएको हो । पूर्व माओबादी नेता समेत रहनुभएका ठगुन्नालाई माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले पार्टीमा स्वागत गरेको नेकपा माओबादी केन्द्रका मार्मा गाउँकमिटी अध्यक्ष नरबहादुर बिष्टले जानकारी दिनुभयो ।
जनयुद्धकालमा नेकपा माओबादी केन्द्रको जिल्ला नेतृत्व समेत सम्हाल्नुभएका नेता ठगुन्ना शान्ति प्रकृया पछि २०६७ सालमा माओबादी केन्द्रको जिल्ला सचिव हुनुभएका थियो । २०७० सालमा प्रतिनिधिसभा निर्वाचनमा माओबादीबाट उम्मेदवार बन्नुभएका नेता ठगुन्ना एमाले नेता गणेशसिंह ठगुन्नासंग पराजित हुनुभएको थियो । निर्वाचनमा पराजित भएपछि पार्टी छोड्नुभएका नेता ठगुन्ना तत्कालिन नयाँ शक्ति पार्टीको जिल्ला अध्यक्ष भएर समेत काम गर्नुभयो । तत्कालिन नयाँ शक्ति पार्टी हुँदै कांग्रेश प्रवेस गरेका ठगुन्ना कांग्रेशको जिल्ला उपसभापतिको जिम्मेवारीमा रहनुभएको थियो ।
युद्धकालमा जिल्ला कमाण्डरको भूमिका निर्वाह गर्नुभएका ठगुन्ना माओबादीमै फर्किएपछि माओबादीजनले खुसी व्यक्त गरेका छन् । कम्युनिष्ट धुर्बिकरणको आवश्यकता रहेको बहस भइरहेको बेला ठगुन्ना कांग्रेश छोडेर माओबादीमा फर्किनु सकारात्मक भएको नेताहरुको प्रतिक्रिया छ । आज माओबादीले पार्टी केन्द्रिय कार्यालयमा पार्टी प्रवेस कार्यक्रमको आयोजना गरेको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया