दार्चुला । नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेशकाे प्रथम सम्मेलन सम्पन्न भएकाे छ । साेमवार प्रदेश राजधानी धनगढीमा सम्पन्न भएकाे प्रथम सम्मेलनबाट कृष्ण बहादुर शाहीको अध्यक्षतामा २६ सदस्यीय प्रदेश कमिटी चयन भएको हो । उपाध्यक्षमा झंकर बहादुर रावत र श्याम सिह धामी चयन भएका छन भने कन्चनपुरकाे वेदकाेट नगरपालिकामा कार्यरत ईन्जिनियर महादेव जाेशी महासचिवमा निर्वाचित भएका छन ।
सचिवमा मदन खड्का, धनबहादुर थापा र लक्ष्मण दत्त भट्ट चयन भएका छन । यस्तै काेषाध्यक्षमा कबिराज कठायतसंगै २६ सदस्यिय कमिटी चयन भएकाे प्रदेश महासचिव महादेव जाेशीले जानकारी दिनुभयाे । साेमवार सम्पन्न सम्मेलनमा नेकपा एमाले केन्द्रीय कमिटी सचिव लेखराज भट्टको प्रमुख आतिथ्यता रहेको थियो । नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइराला लगायतको आतिथ्यतामा प्रथम प्रदेश सम्मेलन सम्पन्न भएकाे हाे ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया