झुटा समाचार लेखेर बदनाम गर्न खोजियो: अध्यक्ष धामी

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजितसिंह धामीले हेलो चितवन अनलाइन नामको अबैधानिक मिडियाले झुटा समाचार लेखेर बदनाम गर्न  खोजेको भन्दै खण्डन गर्नुभएको छ । hellochitwanonline.com नामको अनलाइनले हेवि ओइट मामा वडा अध्यक्ष, गाउँपालिका अध्यक्ष धामीलाई ईसारामा नचाउँदै (https://hellochitwanonline.com/2022/07/06/29619/) शिर्षकमा प्रकाशित सामाचार मा सत्यता छैन, अध्यक्ष धामीले लोकदर्पण टिभी डटकमसंग भन्नुभयो, २ नम्बर वडाको अध्यक्षको प्रभावमा पर्यो भन्ने कुरा झुटा हो ।

गाउँपालिका कर्मचारीको सवालमा १६३ जना करारमा रहेछन्। पछिल्लो समय जनगुनासो बढेपछि हामीले ६ वटै वडा कार्यालयको करार कर्मचारी हरुको डाटा संकलन गरी आवश्यक कर्मचारीहरु बाहेक अन्यको म्याद थप नगर्ने निर्णय गरेका छौं, उहाँले भन्नुभयो, हेलो चितवन अनलाइनले निराधार अपुष्ट समाचार सम्प्रेषण गरेकोमा त्यो झुठ्ठा रहेको स्पष्ट गर्दछु। गठबन्धन को बहुमत रहेको नौगाड गाउँपालिकामा २ नम्बर को वडा अध्यक्ष जुन नेकपा एमालेबाट निर्वाचित हुनुहुन्छ उहाँको बहुमत कहाँबाट आयो ? हामीले जायज मागहरु सम्बोधन गर्ने हो राजनीतिक पुर्वाग्रह राखेर कुनैपनि निर्णय गर्दैनौं।

म शिक्षण पेशा बाट नेकपा माओवादी केन्द्रको पृष्ठभुमिबाट आएको हुँ अहिले नौगाडवासी सबैको अध्यक्ष हुँ। म छ वटै वडाको अध्यक्ष भएको नाताले जनहितको पक्षमा निर्मम भएर काम गर्छु कसैको भ्रममा नपर्न हुन सम्पूर्ण नौगाडवासिहरुमा अनुरोध गर्दछु।

पक्कै पनि २ नम्बर को वडा अध्यक्ष मेरो मामा पर्नु हुन्छ तर हाम्रो व्यक्तिगत सम्बन्ध आफ्नो ठाउँमा होला तर राजनीतिक सम्बन्ध मिल्दैन। आशंकाको भरमा कसैले आक्षेप लगाउन मिल्दैन। म सतर्क छु, नौगाडवासीको पिर मर्का मलाई दुखेको छ। जहाँसम्म मैंले जनहित विपरीत कुनै पनि निर्णय र कार्यान्वयन गर्दिन म सदैव जनताको साथमा छु म जनताको प्रतिनिधि हुँ।

हामी विभिन्न दलको सहयोगमा चुनाव जितेका हौं। लठ्ठी पनि नटुटोस् सर्पपनि मरोस् भन्ने हिसाबले हामी अगाडि बढिरहेका छौं। नीति, विधिमा टेकेर नै हामी अगाडि बढ्नेमा कुनै शंका उपशंका छैन, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?