दार्चुला–तिकंर सडकले आर्थिक, धार्मीक र सामरिक महत्त बोकेको छः सासंद ठगुन्ना

दार्चुला । दार्चुलाबाट प्रतिनिधिसभामा निर्वाचित सासंद एबं एमाले पोलिटब्युरो सदस्य पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले महाकाली करिडोर अन्तरगत निर्माणाधिन दार्चुला तिकंर सडकले आर्थिक, धार्मीक र सामरिक महत्त बोकेको बताउनुभएको छ । दार्चुला सदरमुकाम खलंगामा आयोजित तिकंर सडक र व्याँस जोड्ने पैदल बाटो निर्माणको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्नुहुदै सासंद ठगुन्नाले तिकंर सडक निर्माण सम्पन्न भएपछि व्यासका जनतालाई यातायातको सुविधा पुग्नुका साथै आर्थिक, धार्मीक, पर्यटकीय विकासमा ठूलो टेवा पुग्ने बताउनुभयो ।

असार २७ गते महाकाली नगरपालिका सभाहलमा व्याँस गाँउपालिकाको आयोजनामा तिंकर सडक र व्याँस जोड्ने पैदल बाटो निर्माणको अवस्था विषयमा अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको हो । व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामीको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा एमाले नेता एबं प्रतिनिधिसभा सदस्य गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यता रहेको थियो । अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुदै सासंद ठगुन्नाले भन्नुभयो, व्यासभित्र रहेका जनताको आवागमनको लागि मात्रै नभएर सामरिक, आर्थिक, धार्मीक विकासका लागि तिकंर सडक महत्तपूर्ण छ । धार्मीक आस्थाको केन्द्र कैलासमानसरोबर समेत नजिकमा पर्ने भएकोले धार्मीक पर्यटन विकासका लागि तिकंर सडक कोशेढुगां सावित हुने उहाँको भनाई छ ।

अन्तरक्रिया कार्यक्रममा सासंद ठगुन्नासहित जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेब बडू, प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामी, उपाध्यक्ष विनोद कुवँर, एमाले जिल्ला कमिटी अध्यक्ष प्रेमसिंह धामी लगायत राजनीतिकर्मी, बुद्धिजिवि, सरोकारवाला, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?