दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर ४ मा अवस्थित ठूलढुङ्गी पुल बाढीले बगाएको छ । हिजो रातभरको अविरल वर्षाका कारण अपिहिमाल गाउँपालिकामा रहेको सरस्वती आधारभूत विद्यालय मरखोलामा अध्ययनरत विद्यार्थीहरुले विद्यालय आवतजावत गर्ने ठुलढुङ्गी पुल बगाउँदा जोखिम मोलेर विद्यार्थी विद्यालय जान बाध्य भएका छन ।
एकाबिहानै विद्यालय जादा खोला तर्न नसकि चिच्याइ रहेका विद्यार्थीहरूको आवाज सुनी खोलातिर गएर विद्यार्थी तार्यौँ, अपिहिमाल गाउँपालिका शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक मदनराज जोशीले भन्नुभयो, निकै जोखिम मोलेर विद्यार्थीहरू आवतजावत गरिरहेका छन् । विद्यार्थी र अरू स्थानीय आवतजावत गर्ने महत्त्वपूर्ण ठाउँमा यथाशीघ्र बैकल्पिक व्यवस्था गरिनुपर्ने उहाँको भनाइ छ । पुल नहुदा विद्यार्थीलाइ निकै जोखिम छ, यसमा स्थानीय सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने स्थानीयले बताएका छन् ।
गयरातिको अविरल बर्षाका कारण जिल्लाको विभिन्न स्थानमा क्षति पुगेको छ । महाकाली लोकमार्गको विभिन्न स्थानमा पहिरो खसेको छ भने बाढी पहिरोका कारण विभिन्न स्थानमा घर जमिन जोखिममा परेको छ ।
तस्बिर: पुल बगेपछि खोलामा विद्यार्थी लाई तार्दै अपिहिमाल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखामा कार्यरत प्राविधिक सहायक मदन राज जोशी र स्थानीय महिला 


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया