अनेमसंघ (क्रान्तिकारी) दार्चुलाको जिल्ला भेला सम्पन्न, जिल्ला र पालिकामा नेतृत्व चयन

दार्चुला । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जिल्ला कार्य समिति दार्चुलाको दोस्रो जिल्ला भेला तथा बैठक पार्टी कार्यालय खलंगा दार्चुलामा सम्पन्न भएको छ । अनेमसंघ (क्रान्तिकारी) का जिल्ला समन्वय समिति संयोजक विस्ना धामीको अध्यक्षतामा र नेकपा माओवादी केन्द्र दार्चुलाका इन्चार्ज लक्ष्मी विकको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।

भेलाले जिल्ला समन्वयको नयाँ कार्य समिति र स्थानीय तहका संयोजक एबं ईन्चार्जहरु तोकेको छ । उक्त बैठकबाट गायत्री रावल अध्यक्ष, उर्मिला कार्की उपाध्यक्ष, वागमती ठगुन्ना उपाध्यक्ष, दिलमाया लोथ्याल उपाध्यक्ष, भगवती बडाल सचिव, तारा टमटा कोषाध्यक्ष, शान्ति धामी सहसचिव लगायत ३१ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको छ ।

साथै बैठकले नौवटै पालिकाका इन्चार्ज एबं संयोजक तोकेको छ । व्यास गाउँपालिका इन्चार्जमा विस्ना धामी र संयोजकमा सीता कुवर, दुहुँ गाउँपालिका ईन्चार्जमा उर्मिला कार्की र संयोजकमा तारा कुवर, महाकाली नगरपालिकाको ईन्चार्जमा रुपसी लुहार र संयोजकमा सुमित्रा कुवर, मालिकार्जुन गाउँपालिका ईन्चार्जमा तारा टमाटा र संयोजकमा धाना धामी, लेकम गाउँपालिकाको ईन्चार्जमा शान्ति धामी र संयोजकमा सरस्वती पार्की चयन हुनुभएको छ । यस्तै शैल्यसिखर नगरपालिकाको ईन्चार्जमा लक्ष्मी लुहार र संयोजकमा पार्वती रावल, मार्मा गाउँपालिकाको ईन्चार्जमा वागमती ठगुन्ना, नौगाड गाउँपालिकाको ईन्चार्जमा सरोजनी कुवर र संयोजकमा निर्मला बडाल र अपिहिमाल गाउँपालिकाको ईन्चार्जमा दिलमाया लोथ्याल र संयोजकमा जानकी लोथ्याल चयन हुनुभएको छ ।

बैठकमा नौँ वटै स्थानीय तहबाट महिला प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने अगामी दिनमा पार्टीलाई मजबुत बनाउनका लागि अनेमसंघ (क्रान्तिकारी) का सबै महिलाहरुको अहम् भूमिका हुनुपर्ने माओबादी केन्द्रका जिल्ला ईन्चार्ज लक्ष्मी विकले बताउनुभयो ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?