मार्मामा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिने

दार्चुला । मार्मा गाउँपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी गरेको छ । बैंकबाट भत्ता बुझ्न समस्या भएको गुनासो बढेपछि वडाबाटै भत्ता वितरणको तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।

जेष्ठ नागरिक तथा शारीरिक अशक्तता भएकालाई बैंकबाट भत्ता बुझ्न खर्चिलो, अप्ठ्यारो र झन्झटिलो भएको भन्दै वडाबाट सामाजिक सुरक्षा भत्ता प्रदान गर्न लागिएको हो । गत आर्थिक वर्ष २०७८/०७९ को चौथौ त्रैमासिकको सामाजिक सुरक्षा भत्ता गाउँपालिकाका छ वटै वडाहरुबाट विरतण गर्ने गरी गाउँपालिकाले सूचना जारी गरेको छ ।

गाउँपालिकाले साउन १२ गतेको मितिमा आज एक सूचना जारी गर्दै साउन १५ गते देखि १८ गते सम्म पालिकाका ६ वटै वडाहरुबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जनाएको छ । मार्माको वडा नम्बर १ र ३ मा १५ गते, वडा नम्बर ५ र ६ मा १६ गते र वडा नम्बर २ र ४ मा १८ गते सामाजिक सुरक्षा भत्ता वितरण हुने मार्मा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत संगिता ताम्राकारले बताउनुभयो ।

चालु आर्थिक बर्षदेखि दार्चुलाका सबै स्थानीय तहमा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको छ । बैंकमार्फत भत्ता वितरण गर्दा सेवाग्राहीले समस्या झेल्नुपरेको गुनासो बढ्दै गएको छ । बैंकसम्म जादा खर्चिलो हुने, समय बढी लाग्ने, पालो नपुगेर रित्तोहात फर्किनुपर्ने र अशिक्षितहरुका लागि भुक्तानी पाउन समेत झण्झटिलो हुने गरेको सेवाग्राहीहरु बताउछन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?