काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत फेला

दार्चुला। काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएका छन् ।

तारकेश्वर नगरपालिका( २ पदमसालमा एकै परिवारका चार जना मृत भेटिएका हुन् । गोरखाको भीमसेन थापा गाउँपालिका(६ अश्राङ घर भई पदमसालमा बस्दै आएका दिनेश पाण्डेको परिवारका चार जना मृत भेटिएका हुन् ।

पाण्डे, उनकी श्रीमती सुनीता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र छोरी आशिका मृत भेटिएका घटनास्थलमा पुगेका तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले जानकारी दिनुभयो ।
प्रहरी टोली पुगेर घटनास्थल सुरक्षित गरिसकेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईले बताउनुभयो ।

उनका अनुसार त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक विशेषज्ञको टोली पनि घटनास्थलमा पुगेको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?