राष्ट्रिय परिचयपत्रका लागि दार्चुलामा नौँ हजार बढीको विवरण संकलन, दर्ता अभियान सुरु हुँदै

दार्चुला । राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरणको लागि नेपालका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरु, ४२ वटा इलाका प्रशासन कार्यालय र थप २० वटा इकाई स्थापना गरी देशभर नागरिकको विवरण संकलन कार्य भइरहेको छ । देशभर ८० लाख ७५ हजार नागरिकका विवरण संकलन गरी केन्द्रिय भण्डारणमा सुरक्षित राखिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।

दार्चुलामा राष्ट्रिय परिचयपत्रको लागि हालसम्म नौँ हजार १७८ जनाको विवरण संकलन गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो । २०७७ साल भाद्र ८ गते देखि सुरु भएको यो अभियान निरन्तर सञ्चालनमा रहेको उहाँले बताउनुभयो । जिल्लाका दुई नगरपालिका र सात वटा गाउँपालिका गरी नौँ वटै स्थानीय तहका छ हजार ५५७ जना पुरुष र दुई हजार ६२१ जना महिला गरी नौँ हजार १७८ जनाको विवरण संकलन गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाको तथ्यांक छ । दार्चुलामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन अभियान जारी छ, प्रजिअ उपाध्यायले भन्नुभयो, अभियान सञ्चालन सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया तथा समन्वय बैठक मंगलबार दार्चुला सदरमुकाम खलंगामा सरोकारवालाहरुको उपस्थितिमा सम्पन्न भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराईको उपस्थितिमा सञ्चालन भएको अन्तरक्रिया कार्यक्रममा जिल्लाका नौँ वटै स्थानीय तहबाट प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । अभियानलाई सफल पार्न सबैले लाग्नु पर्नेमा कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।

हालसम्म राष्ट्रिय परिचयपत्र विवरण संकलन अभियान ३६ वटा जिल्लामा सम्पन्न भइसकेको र १३ औँ जिल्लाको रुपमा दार्चुलामा समेत यो अभियान सुरु भएको महानिर्देशक भट्टराईले बताउनुभयो । सार्वजनिक सेवामा क्रमशः नयाँ प्रविधि प्रयोग हुन थालेको अवस्थामा सरकारले प्रत्येक नेपाली नागरिकको परिचय खुल्नेगरी डिजिटल अर्थात् विद्युतीय अभिलेख राख्ने उद्देश्यसहित राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन सुरु गरेको हो । राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको विकास गरेर राज्यबाट प्राप्त हुने सेवासुविधासँग एकीकृत गर्ने उद्देश्य लिइएको उहाँले बताउनुभयो । राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सेवाग्राहीले नागरिकताको सक्कल प्रति र विवाहित व्यक्तिले विवाहदर्ताको प्रमाणपत्र पेस गर्नुपर्ने हुन्छ । महानिर्देशक भट्टराईका अनुसार राष्ट्रिय परिचयपत्रमा नागरिकहरूको वैयिक्तक तथा जैविक विवरण समाविष्ट हुन्छ । आँखाको पर्दा स्क्यान गरी त्यसको विवरण परिचयपत्रमा राखिएको हुँदा त्यो नागरिकता भन्दापनि बढी भरपर्दो हुन्छ । त्यसबाहेक यो परिचयपत्रका लागि हातका सबै औँलाको बायोमेट्रिक नमुना लिइएको हुन्छ ।

उक्त विवरण केलाएर हेर्दा कुनै पनि व्यक्तिको विवरण अर्को व्यक्ति संग मेल खाएको नपाइएको बताइएको छ । नाम मिल्ला, बुवाको नाम मिल्ला, थर मिल्ला, ठेगाना पनि मिल्ला तर हातका औँलाहरूका रेखा अनि आँखाको रेटिना कसैको पनि मिलेको अवस्था छैन। यसले गर्दा व्यक्तिको सही पहिचान हुने अवस्था हुन्छ, उहाँले भन्नुभयो, यसले अपराध नियन्त्रण, दोहोरो नागरिकता वा दोहोरो कागजबाट फाइदा लिनेहरूलाई नियन्त्रण गर्छ । सरकारले ई–पासपोर्ट प्राप्त गर्नका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको छ । दार्चुलामा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता स्थानीय तहहरुमा गएर अभियानको रुपमा सुरु हुने बताइएको छ । राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान महाकाली नगरपालिकाबाट केही दिनमा शुरु हुने सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय दार्चुलामा आयोजित राष्ट्रिय परिचयपत्रको विवरण संकलन अभियान सञ्चालन सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय परिचयपत्र पत्र र सामाजिक सुरक्षाका विषयमा छलफल भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभाग सिंहदरबार काठमाडौको आयोजना र दार्चुला प्रशासनको सहआयोजनामा सञ्चालित कार्यक्रममा राष्ट्रिय परिचयपत्र पत्रको परिचय, विशेषता, फाइदा र उपयोगीता लगायत विषयमा अन्तरक्रिया भएको लेकम गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशीले जानकारी दिनुभयो । वडातहमा दर्ता अभियान सञ्चालन गर्नका लागि पालिकास्तर सम्म जिल्ला प्रशासनले व्यवस्थापन गर्ने र पालिका भित्र स्थानीय तहले समन्वय तथा सहजिकरण गर्ने समझदारी भएको छ । प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको अध्यक्षतामा सञ्चालित अन्तरक्रियामा बिभागका महानिर्देशक तीर्थराज भट्टराई र निर्देशक लक्ष्मण ढकालले राष्ट्रिय परिचयपत्रबारे प्रशिक्षण गर्नुभएको थियो ।

सायद १२ जना मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छ

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?