दार्चुला । मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ ऐरीछानामा स्वास्थ्य इकाई केन्द्र उद्घाटन भएको छ । गाउँपालिका अध्यक्ष हिरासिंह धामीले नयाँ स्वास्थ्य इकाइ केन्द्रको उद्घाटन गर्नुभएको हो । स्वास्थ्य इकाइ केन्द्र उद्घाटन कार्यक्रममा उपाध्यक्ष कल्यानसिंह धामी (पंकज) लगायत जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।
गाउँमा स्वास्थ्य इकाई केन्द्र सञ्चालनमा आएसंगै आधारभूत स्वास्थ्य सेवा लिन सहज हुने भन्दै स्थानीय हर्षित भएका छन् । मालिकार्जुनका सबै वडामा आधारभूत स्वास्थ्य केन्द्रको पहुँच पुगेको बताइएको छ ।
दुर्गम तथा विकट बस्तीहरुमा समेत आधारभूत स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्धेश्यले स्वास्थ्य इकाई केन्द्रको स्थापना गरिएको गाउँपालिका अध्यक्ष हिरासिंह धामीले बताउनुभयो । गाउँपालिकाले स्वास्थ्य सेवाको सहज पहुँच बाहिर रहेका बस्तीमा स्वास्थ्य इकाई केन्द्र थप गर्ने नीति लिएको छ ।



विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया