लेकममा एमालेको समिक्षा बैठक, निर्वाचनमा जिम्मेवार नेताहरुबाटै कमजोरी भएको निष्कर्ष

दार्चुला । नेकपा एमालेको लेकम गाउँपालिका कमिटी बैठक सम्पन्न भएको छ । लेकम गाउँपालिकाको केन्द्र रातामाटामा बुधबार गाउँकमिटी बैठक सम्पन्न भएको हो । स्थानीय तह निर्वाचनको समिक्षा, आगामी रणनीतिको तयारी, संगठित सदस्यता नविकरण र नयाँ सदस्यता वितरणको वारेमा बैठकमा छलफल गरिएको एमाले जिल्ला कमिटी सचिवालय सदस्य परमानन्द जोशीले जानकारी दिनुभयो ।

एमाले प्रदेश कमिटी सदस्य दानिराम पार्कीको प्रमुख आतिथ्यतामा सञ्चालन भएको बैठकमा जिल्ला कमिटी उपसचिव एबं प्रचारविभाग प्रमुख खडक बडालको विशिष्ट आतिथ्यता रहेको थियो । पालिका कमिटी पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको उक्त बैठकमा सचिवालय सदस्यहरु, जिल्ला कमिटी सदस्यहरु लगायतको आतिथ्यता रहेको थियो । लेकममा एमालेलाई थप शसक्त बनाउन र संगठन विस्तार गर्न सबै कार्यकर्तालाई प्रशिक्षण समेत गरिएको उहाँले बताउनुभयो ।

स्थानीय तह निर्वाचनमा पालिका कमिटी र अन्य विभिन्न व्याक्ति र संस्थाको कमजोरीका कारण अध्यक्ष पदमा पराजय व्यहोर्नुपरेको अधिकासं कार्यकर्ताको भनाई रहेको थियो । यसअघि एमालेले लेकमका छ वटै वडामा समिक्षा बैठक सम्पन्न गरिसकेको जनाएको छ । साउन ७ गते वडा नम्बर १ मा, ८ गते वडा नम्बर २ मा, १४ गते वडा नम्बर ३ मा, १५ गते वडा नम्बर ४ मा, १६ गते वडा नम्बर ५ मा र १७ गते वडा नम्बर ६ मा वडा कमिटी बैठक सम्पन्न गरेर १८ गते आज पालिका कमिटी बैठक बसेको लेकम गाउँपालिका उपाध्यक्ष एबं एमाले जिल्ला कमिटी सचिवालय सदस्य माधवी जोशीले बताउनुभयो ।

लेकममा कार्यकर्तातहबाट गम्भीर सुझाब र गुनासाहरु आएको सुनाउदै जिल्ला कमिटी उपसचिव खडकसिंह बडालले पार्टीलाई थप सशक्त बनाउन सबैले थप जिम्मेवारीका साथ लाग्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो । पालिका कमिटीको कम सक्रियता लगायत विभिन्न कारण स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष लगायत केही पदमा पराजय व्यहोर्नुपरेको कार्यकर्ताबाट सुझाब प्राप्त भएको उहाँको भनाई छ । गाउँपालिका कमिटी अध्यक्ष लगायत केही पदाधिकारी, जिल्ला कमिटीका केही सदस्य लगायत जिम्मेवार नेताहरुकै कम सक्रियता र कमजोरीका कारण निर्वाचनमा प्रमुख पद गुमाउनुपरेको अधिकासं कार्यकर्ताहरुको निष्कर्ष देखिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?