मालिकार्जुन-३ बसेडीमा स्वास्थ्य इकाई केन्द्र उद्घाटन

दार्चुला । मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ बसेडीमा सामुदायिक स्वास्थ्य इकाई केन्द्र उद्घाटन भएको छ । गाउँपालिका अध्यक्ष हिरासिंह धामीले नयाँ स्वास्थ्य इकाइ केन्द्रको उद्घाटन गर्नुभएको हो । स्वास्थ्य इकाइ केन्द्र उद्घाटन कार्यक्रममा उपाध्यक्ष कल्यानसिंह धामी (पंकज) लगायत जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।

गाउँमा स्वास्थ्य इकाई केन्द्र सञ्चालनमा आएसंगै आधारभूत स्वास्थ्य सेवा लिन सहज हुने भन्दै स्थानीय हर्षित भएका छन् । मालिकार्जुनका सबै वडामा आधारभूत स्वास्थ्य केन्द्रको पहुँच पुगेको बताइएको छ । हिजो मात्रै मालिकार्जुन गाउँपालिका-४ ऐरिछानामा सामुदायिक स्वास्थ्य इकाई केन्द्रको उद्घाटन गरिएको थियो ।

दुर्गम तथा विकट बस्तीहरुमा समेत आधारभूत स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्धेश्यले सामुदायिक स्वास्थ्य इकाई केन्द्रको स्थापना गरिएको गाउँपालिका अध्यक्ष हिरासिंह धामीले बताउनुभयो । गाउँपालिकाले स्वास्थ्य सेवाको सहज पहुँच बाहिर रहेका बस्तीमा स्वास्थ्य इकाई केन्द्र थप गर्ने नीति लिएको छ । यो बर्ष चार स्थानमा स्वास्थ्य केन्द्र स्थापना गर्ने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?